शिक्षा ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षाले मानिसालाई अन्धकारबाट उज्यालो तर्फ लम्काउछ | शिक्षा निरन्तर चलीरहने प्रक्रिया हो। यो जन्मे देखि नमरुन्जेल सम्म कुनै न कुनै रुपमा चलिरहेको हुन्छ। ज्ञान सिकाउने तथा विद्यार्थीलाई पढ्न सघाउने काम शिक्षक, गुरु तथा अध्यापकले गर्दछन्। शिक्षा धेरै किसिमको हुन्छ |
शिक्षा नै मानवको तेस्रो अँखा हो।तर आधुनिक ब्याक्तित्व हरुले यसलाई पहिलो आखा नै भन्न रुचाउँछन् किनभने दृश्टिबिहिन ब्यक्तिहरु पनि यसैको कारणले गर्दा नै चर्चामा आइरहेका छन। त्यस्तै गरि शिक्षालाई मुख्य तया तीन प्रकारका छन जुन देहाय बमोजिम छन: १)औपचारिक शिक्षा (formal education) २)अनौपचारिक शिक्षा ( non-formal education ) ३)अनियमित शिक्षा (informal education )
औपचारिक शिक्षा : औपचारिक शिक्षा भनाले कक्षाकोठामा आधारित शिक्षा बुझिन्छ, जुन हामी गुरु वा शिक्षित व्यक्ति बाट हासिल गर्छौ। हामी औपचारिक शिक्षा बिध्यालय बाट प्राप्त गर्छौ।
अनियमित शिक्षा: अनियमित शिक्षा भनाले त्यों शिक्षा बुझिन्छ , जुन शिक्षा हामी संरचित पाठ्यक्रम भन्दा बाहिर हासिल गर्छौं।
अनौपचारिक शिक्षा:औपचारिक र अनियमित शिक्षा को कमिलाई पुरागर्न नयाँ शिक्षाको विकास गरियो जसलाई अनौपचारिक शिक्षा भनिन्छ। यस किसिमको शिक्षा दुवै औपचारिक शिक्षा र अनियमित शिक्षाको मिश्रणबाट बनेको हुन्छ ।
नेल्सन मण्डेलालको आनुसार, “शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ | ”
Recent Comments