विद्यार्थीलाई अभ्यास गराउँदै पढायो भने त्यसको प्रभावकारीता बढ्ने विद्यालयका शिक्षक बताउँछन् । ‘विद्यार्थीको ज्ञान दिगो बनाउन व्यवसायले सघाएको छ, उनले सुनाए, ‘यसले विद्यालयलाई आम्दानीमा पनि सघाएको छ ।’ विद्यार्थीका शब्दमा इन्टरनेट मार्फत आफूहरुले मुलुकमा भइरहेका गतिविधि, समाचार र जानकारी लिन सजिलो भएको छ । ‘सरले पढाएको कुरालाई इन्टरनेटमा गएर सर्च गर्दा थप धेरै कुरा पाइन्छ र ज्ञान बढाउन पाइन्छ । यसले हामीलाई धेरै सजिलो भएको छ’ उनले भने । विद्यालयले कक्षामा शैक्षिक र सिकाइ प्रयोजनका लागि मोबाइल चलाउन पनि छुट दिएको छ ।

विद्यालयका प्राचार्य सिग्देल सामुदायिक विद्यालय सुधारका लागि तीन कुरामा ध्यानदिनु पर्ने बताउँछन् । भन्छन्,
पहिलो – ‘सबैले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्छ । यसो भए सामुदायिक प्रतिको चासो बढ्छ र सुधार सम्भव हुन्छ ।’

दोश्रो – ‘शिक्षणलाई प्रोत्साहन गर्न दक्ष व्यक्तिलाई शिक्षक नियुक्त गर्नु पर्छ । यसले सिकाइ प्रकृया बदल्छ र प्रभावकारी हुन्छ ।’

तेश्रो – ‘शिक्षण पेशालाई मर्यादित बनाउनु पर्छ । त्यसका लागि शिक्षकलाई प्रोत्साहित गर्नु पर्छ । शिक्षकको भूमिकालाई प्रभावकरी रुपमा प्रयोग गर्न सके सामुदायिक विद्यालय सुधार सम्भव छ ।’


नीजिमा आफ्ना छोराछोरी पढाउने र सरकारी विद्यालय सुध्रिएन वा सुधारौँ भन्नेहरु प्रति उनको गम्भीर गुनासो छ ।