विद्यालय त्यो स्थल हो जहाँ शिक्षा प्रदान गरिन्छ। यसमा धेरै तहका विद्यालयहरू पर्दछन्। पहिलो त्यो विद्यालय जसमा कक्षा एल के जी यो के जी पढाइन्छ जसलाई नर्सरी भनिन्छ। दोस्रो जहाँ कक्षा एक देखि पाँचसम्म पढाइन्छ जसलाई प्राथमिक विद्यालय भनेर जानिन्छ। तेस्रो कक्षा एकदेखि आठौं श्रेणीसम पढाइन्छ र यसलाई निम्न माध्यमिक विद्यालय भनिन्छ। चौथो- कक्षा दशौं सम्म पढाइन्छ जसलाई माध्यमिक विद्यालय भनिन्छ। पाचौं- कक्षा बह्रौंसम्म पढाइन्छ यसलाई उच्च माध्यमिक विद्यालय भनिन्छ अनि इण्टर कलेज पनि भनिन्छ।
प्राथमिक विद्यालय अथवा प्रा.वि. बाल बालीकाहरूलाई प्राथमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको प्राथमिक विद्यालयमा बाल बलीकालाई नर्सरी देखी कक्षा ५ सम्मको शिक्षा दिने गरिन्छ।
निम्न माध्यमिक विद्यालय अथवा नि.मा.वि. प्राथमिक तहको शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरूलाई निम्न माध्यमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कहक्षा ६ देखी कक्षा ८ सम्मको शिक्षा दिने गरिन्छ।
माध्यमिक विद्यालय अथवा मा.वि. निम्न माध्यमिक तहको शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरूलाई माध्यमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कक्षा ९ देखी कक्षा १० सम्मको शिक्षा दिने गरिन्छ
Recent Comments