बालबच्चाको उमेर पढ्ने मात्र उमेर होईन । उनिहरु मनोरञ्जन गर्न, खेल्न, नाच्न, गाउन, बजाउन, उफ्रन, दर्गुन मन पराउँदछन् । यो यस्तो उमेर हो उनिहरुलाई हामी जस्तो सिकाउँदछौं तुरुन्त सिक्न सक्दछन् । उनिहरुका अनेक आकांक्षाहरु हुन्छन् । बालबच्चाको दिमागमा बिद्यालय पढ्न र गृहकार्य बुझाउन मात्र जाने हो भन्ने मानसिकता बदल्नु जरुरी छ । प्राथमिक बिद्यालयमा पढाईको साथसाथ अतिरिक्त कृयाकलापमा पनि ध्यान दिनु पर्दछ । खेल सामाग्री तथा अनिबार्य खेल शिक्षक राख्न सक्यौ भने बिद्यार्थीको राम्रो बौद्धिक तथा शारिरिक बिकास गर्न मद्दत गर्दछ ।
सरकारी शिक्षाको गुणस्तर सुधारका मापदण्ड बनाई सम्पुर्ण सरकारी बिद्यालयहरुको बर्गिकरण गरी सरकारी शिक्षा सुधारको काम अगाडी बढाउन तर्फ सरकारले विशेष योजना बनाउनु पर्दछ । गुणस्तर सुधारका मापदण्ड बनाउँदा समय सिमा तोकि सुधारका कार्ययोजना बनाई काम थाल्नु पर्दछ ।

Recent Comments