नेपालमा औपचारिक शिक्षाको सुरुवातदेखि आजसम्मको अवधीलाई शिक्षाको मूल प्रवृत्तिका हिसावले मुलतः तीन भागमा बुझ्नुपर्दछ । पहिलो, शिक्षाको दमनपूर्ण र कालो युग -१९१०देखि २००७) सम्म, दोस्रो प्रारम्भीक युग -२००७-२०२८) सम्मको युग, तेस्रो विभिन्न आचरणमा स्तुतीवादी र दलाल शिक्षाको युग -२०२८ देखि हालसम्म), आजको हाम्रो शैक्षिक युग विभिन्न आवरणमा स्तुतीवादी र दलाल शिक्षाको युग हो । यो युगको सही विश्लेषण र शीघ्र अन्त्य गरी नयाा जनवादी युगको स्थापना आजको ज्वलन्त आवश्यकता हो ।
माध्यमिक शिक्षामा राज्यको दायित्व र उच्च शिक्षामा लागत साझेदारीमा सिद्धान्त अपनाउादै केहि वर्षसम्म व्यापक लगानी वृद्धि गर्न आवश्यक छ । शिक्षामा सबैको लागि पहुाच, गुणस्तर र समानता कायम राखेर मात्रै नयाा नेपालको लक्ष्य भेट्न सकिन्छ । त्यसको लागि आगामी २० औं वर्षसम्म कुल राष्ट्रिय बजेटको २२ प्रतिशतबाट कम नहुने गरी शिक्षामा बजेट विनियोजन हुनुपर्दछ ।