शिक्षा क्षेत्रका प्रमुख दुई समस्यामा सिकाई प्रयोगात्मक हुन नसक्नु र शिक्षा ब्यबहारीक हुन नसक्नु हो । घोकन्ते शिक्षा भन्दा सिकाईमा आधारीत शिक्षालाई प्राथमिकता दिनु जरुरी छ । घोकन्ते शिक्षाले परिक्षा पास गर्न त मद्दत गर्ला तर सिकाई भने सिमित मात्रामा हुने गर्दछ ।
निम्न माध्यमिक शिक्षा प्राथमिक विद्यालयको पाँचौं र अन्तिम कक्षाबाट पछ्याउँछ । आज मुलुकमा २ लाख ७ हजार ५ सय ६७ जना शिक्षकहरुले ३९ लाख ६४ हजार ५ सय ५३ जना विद्यार्थीहरुलाई पढाउने जम्मा ३१ हजार १ सय ५६ विद्यालयहरु रहेका छन् । यी विद्यालयहरुमा समाजका १ सय मध्ये ८९ जना बालबालिका १ कक्षामा भर्ना हुन आइपुग्छन् अथवा ११ प्रतिशत बालवालिकाहरुले अहिले पनि स्कुल देख्नै पाउादैनन् । निम्न माध्यमिक शिक्षा कार्यक्रम सामान्यतया प्राथमिक शिक्षाबाट सिक्ने परिणाममा निर्माण गर्न विकसित गरिएको छ। निम्न माध्यमिक शिक्षालाई आधारभूत शिक्षाको दोस्रो र अन्तिम चरण मानिन्छ । सरकारी तथ्यांक अनुसार निमावि तहमा प्रति १ सयमा ५७ जना विद्यार्थी मात्र पुग्दछन् ।
हाम्रो मुलुकको शिक्षा पद्धति र मुलुकको आजको दुरावस्थाबीच गहिरो सम्वन्ध छ । तसर्थ शिक्षा प्रणालीको विभिन्न पक्षहरु जस्तै आर्थिक पक्षमा पनि व्यापक छलफल र प्रभावकारी कदमको सुरुवातको टड्कारो आवश्यकता रहेको छ ।
Recent Comments